एघार सयभन्दा धेरै संक्रमित निको, काठमाडौंमा ३८८ संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ सय २० जना कोरोनाभाइरसको संक्रमणबाट संक्रमित भएको जनाएको छ ।
बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ३२० महिला र ८०० पुरुषमा कोरोना भेटिएको जानकारी दिए । उनले काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना भेटिएको बताए ।
डा.गौतमले कोरोनाबाट संक्रमण १ हजार १ सय १२ जना मुक्त भइ जना निको भएर घर फर्किएको जानकारी दिए ।
डा.गौतमले उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा ११, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा ५३, सुनसरीमा ७२ जनामा कोरोना भेटिएको जानकारी दिए ।
धनुषामा ६३, पर्सामा ४९, बारामा २३, महोत्तरीमा ३१, रौतहटमा १८, सप्तरीमा १२, सर्लाहीमा ५०, सिरहामा १५ जनामा कोरोना देखिएको छ ।
काठमाडौंमा ३५०, काभ्रेमा १, चितवनमा ४३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ९, मकवानपुरमा ३३, रामेछापमा २, ललितपुरमा २९, सिन्धुपाल्चोकमा २, सिन्धुलीमा १ जनामा कोरोना भेटिएको छ ।
कास्कीमा २४, गोराखामा १, तनहुँमा ४, नवलपुरमा १६, पर्वतमा १, लमजुङमा १९, स्याङजामा १ जनामा कोरोना देखिएको छ ।
अर्घाखाँचीमा १, दाङमा ६, नवलपरासीमा ३, पाल्पामा १, प्यूठानमा २, बर्दियामा ५, बाँकेमा ४१, रुपन्देहीमा २७, रोल्पामा १ जनामा कोरोना देखिएको छ ।
कालीकोटमा २१, जुम्लामा ३७, दैलेखमा १, अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा १३, डडेल्धुरामा १, बझाङमा ९, बैतडीमा १ जनामा कोरोना देखिएको डा.गौतमले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया