बागमतीका एसपीसहित ९० प्रहरीलाई कोरोना
काठमाडौं । बागमती प्रदेशमा प्रहरी उपरीक्षक (एसपी)सहित ९० जनालाई कोरोना संक्रमण भएको छ ।
मंगलबार साँझसम्म ९० जना पुगेको प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जानकारी दिएको छ ।
मकवानपुरमा कार्यरत प्रहरीलाई प्रदेशभरि सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । मकवानपुरमा हालसम्म ४९ जना प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।
प्रहरी उपरीक्षकदेखि इन्स्पेक्टर, प्रहरी सहायक निरीक्षक ७ जना, प्रहरी हवल्दार २२ जना, प्रहरी जवान ५४ जनामा कोरोना देखिएको छ ।
२ जना कार्यालय सहयोगीलगायतका कर्मचारी गरी ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिएका छन् ।
मकवानपुरका ४९ सहितचितवनका ८, धादिङका १, काभ्रेमा २२, सिन्धुपाल्चोकका १, दोलखाका २, सिन्धुलीका ७ जना प्रहरीलाई हालसम्म संक्रमण पुष्टि भएको प्रहरी प्रमुख लामाले बताए ।
यो तथ्याङ्कमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरीको संख्या उल्लेख छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया