कम्युनिस्ट सरकार निकम्मा भयो, महामारीमा जनताको आवाज बुझ्नै सकेनः कांग्रेस नेता राणा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कोरोना महामारीले मुलुकको अर्थतन्त्र ध्वस्त भएका बेला अर्थव्यवस्था उकास्ने गरेर सकारले कुनै कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् ।
युवा नेता राणाले सामाजिक सञ्जालमार्फत अर्थतन्त्र उकास्नका लागि सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने बताए । उनले भने, ‘अन्य मुलुकहरूले जस्तै अर्थतन्त्र उकास्नका लागि उचित राहतको प्याकेजको व्यवस्था गर्नुपर्छ ।’
उनले अहिलेको महामारीमा मुलुकको अर्थतन्त्र वास्तवमै ध्वस्त भएको बताए । ‘सरकार लगानीको दर बढेको छ भनेर झुटको हौवा फैलाउँदैछ’, उनले भने, ‘जनता कसरी भाडा तिर्ने ? कसरी सरकारी कर तिर्ने ? जस्ता अहम् प्रश्नहरूलाई सरकारले ध्यान दिएको छैन । यसलाई के भन्ने ?’
‘सात महिनादेखि गाडी ग्यारेजमा थन्केको स्थिति छ’, उनले भने, ‘अहिलेको अवस्थामा सवारी कर, घर भाडा कर जस्ता करलाई न्यूनतम एक वर्षका लागि मिनाहा गर्नुपर्छ ।’
झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लकडाउन र निषेधाज्ञालाई लागू गरे पनि त्यसपछिको अवस्थाका बारेमा कुनै पनि योजना नबनाएको आरोपहरू लागिरहेको छ ।
अति निम्न आय भएका सर्वसाधारण र दैनिक ज्याला मजदुरी गरेर खाने वर्गको समस्यामा सरकारले कुनै ध्यान नदिएको कांग्रेस नेता राणाको भनाइ छ ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लाहरूमा लकडाउन, निषेधाज्ञाको अवस्था छ ।
मजदुरी गरेर खाने जनतालाई राहत दिने विषयमा कम्युनिस्ट सरकारले कुनै योजना बनाएको छैन । कम्युनिस्ट सरकारलाई निकम्मा भनेर सबैले आलोचना गर्न थालिसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया