इन्स्पेक्टरसहित तीन प्रहरी निलम्बन

गौर । रौतहटको प्रहरी हिरासतमा मृत्यु भएका विजयराम चमारमाथि सोधपुछ गर्ने तीन जना प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौटहटले एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) र दुई जना हवल्दारमाथि अनुसन्धान गर्न निलम्बन गरेको प्रवक्ता, डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी हवल्दार हिरोज मिया धुनियाँ र मुन्ना सिंह निलम्बनमा परेका हुन् ।

भदौ ४ गते बिहीबार बिहान हिरासतमा रहेका गरुडा नगरपालिका ८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

Published : Tuesday, 2020 September 1, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया