काठमाडौंमा निःशुल्क खाना खुवाउने ‘द हण्ड्रेड समूह’माथि आक्रमण

काठमाडौं । निषेधाज्ञाका बेला निःशुल्क खाना खुवाउँदै आएको ‘द हण्ड्रेड समूह’लाई काठमाडौंको खुलामञ्चमा केही उछृङ्खल युवाहरूले अबरोधको प्रयास गरेका छन् ।

‘द हण्ड्रेड समूह’ले दैनिक ज्याला मजदुरी गरेर खाने अति विपन्नलाई निःशुल्क खाना खावाउँदै आएको छ ।

सोमबार दिउँसो साढे तीन बजेतिर खुलामञ्चमा ‘द हण्ड्रेड समूह’का स्वयं सेवकले खाना गाडीबाट झारेर वितरण गर्ने तयारी गर्दै गर्दा केही युवाहरूले अबरोधको प्रयास गरेपछि झडप नै भएको छ ।

अबरोधको प्रयास गर्ने युवा र ‘द हण्ड्रेड समूह’का युवाबीच हानाहान समेत भएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर अबरोधको प्रयास गर्ने समूहलाई भगालएपछि ‘द हण्ड्रेड समूह’का स्वयं सेवकहरूले २–३ सय जना अति विपन्नलाई खाना खुवाएका थिए ।

सामाजिक सञ्जालमा तस्वीर खिचेर हाल्ने, तथा हल्काफुल्का काम गरेको भनेर राहतका रकम उठाएर खाने समूहले अबरोधको प्रयास गरेको जनाइएको छ ।

‘द हण्ड्रेड समूह’ले लकडाउन भएदेखि दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्दै आएकालाई निःशुल्क खाना खुवाइरहेको छ । ‘द हण्ड्रेड समूह’को कार्यको प्रशंसा भइरहेको छ ।

Published : Monday, 2020 August 31, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया