कोरोनाको चुनौतीका बेला उच्च मनोबलका साथ काम गर्नुपर्ने दायित्व छः एसपी भट्टराई
दोभान । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले कोरोना महामारीका बेला जनताको सेवामा गर्न कठिन र चुनौतीपूर्ण रहेको भन्दै उच्च मनोबलका साथै काम गर्न मातहतलाई निर्देशन दिएका छन् ।
सोमबार प्रहरी चौकीहरू दोभान, प्रभास र बर्तुङको स्थलगत निरीक्षणपछि प्रहरी अधिकृत र जवानहरूलाई निर्देशन दिँदै भट्टराईले जनतासँगको सहकार्यमा शान्ति सुरक्षा बनाउनुपर्ने बताएका हुन् । उनले जनताको सेवा गर्दा जनताको सहयोग अनिर्वाय हुने बताए ।
कोरोना महामारीका बेला सुरक्षित रहेर आफ्नो साधन स्रोत परिचालन गरेर सेवा गर्नुपर्ने एसपी भट्टराईले बताए । ‘कोरोनाभाइरसको संक्रमण छ । प्रहरीलाई कोरोनासँग जुधेर जनताको सेवा गर्नुपर्ने दायित्व छ’, उनले भने, ‘यो चुनौतीलाई हामीले अवसरका रुपमा प्रयोग गर्नुपर्छ ।’
प्रहरी उपरीक्षक भट्टराईको महानगरीय प्रहरी महाशाखा, नयाँ बानेश्वर, काठमाडौंबाट सुरुवा भएर पाल्पा प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन् ।
जिम्मेवारी सम्हालेसँगै एसपी भट्टराईले प्रहरी चौकी दोभान, प्रभास र बर्तुङको निरीक्षण तथा अनुगमन गरि बस्तुस्थितिबारे जानकारी लिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया