कम्युनिस्ट सरकारद्वारा सिएमए र अनमी खारेज गरेकोमा नेविसंघको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिएमए र अनमीलगायत स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेकोमा कम्युनिस्ट सरकारको विरोध गरेको छ ।

टिएसईई स्तरका उक्त कार्यक्रममा यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना लिन नपाइने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो ।

विकल्प नदिइकन स्वास्थ्य शिक्षाका १८ महिने कार्यक्रम खारेज गरिएकोमा नेविसंघको ध्यानाकर्षण भएको महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।

यी कार्यक्रमबाट गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन नभएको भन्दै आयोगले खारेज गरिदिएको थियो ।

‘भावि योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित तालिम बन्द गर्दा यसले अन्यौलता सिर्जना गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

आयोगको यस्तो निर्णयबाट १२ हजारभन्दा बढी प्रशिक्षार्थीहरू प्रत्यक्ष रूपमा प्रभावमा परेको र भर्नाको मुखमा भर्ना नै लिन नपाइने निर्णय कुनै योजना र खाकाविना गरिएको उनको भनाइ छ ।

आयोगले हालै एक सय ३८ वटा संस्थाका सम्बन्धन खारेज गर्दै सिएमएरअनमीलगायतमा भर्ना लिन नपाउने निर्णय गरेको थियो ।

Published : Monday, 2020 August 31, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया