सीतारा ट्राभल्सद्वारा अष्ट्रेलियाबाट १४८ नेपालीको उद्धार
काठमाडौं । कोरोना महामारीका कारण अष्ट्रेलियामा अलपत्र परेका १४८ जना नेपालीहरूलाई उद्दार गरेर काठमाडौं ल्याइएको छ ।
सीतारा ट्राभल्स प्रालिको सक्रियतामा अष्ट्रेलियाको सिड्नी, पर्थ, ब्रिश्बेन लगायतका मुख्य शहरमा रहेका, कोरोनाका कारण समस्यामा परेका विद्यार्थी, भेटघाटमा गएका आफन्त, फ्लाइट नभएर बिचल्लीमा परेका १४८ जना नेपालीहरू उद्धार उडानमार्फत शनिबार नेपाल ल्याइएको हो ।
नेपाल फर्किएका सबैको पीसीआर टेस्ट नेगेटिभ आएको छ । सीतारा ट्राभल्सका प्रबन्ध निर्देशक बन्दना पन्त पाण्डेका अनुसार उनीहरूलाई अष्ट्रेलियाबाट अगस्त २८ गते सिंगापुर
एयरलाइन्समार्फत सिंगापुर ल्याएर त्यहाँबाट सिल्क एयरलाइन्सले शनिवार दिउसो काठमाडौं ल्याएको छ ।
कोरोनाका कारण नेपाल फर्किन नसकेको र नियमित फ्लाइट समेत नभएको अवस्थामा सीतारा ट्राभल्सले यस्तो प्रतिकुल परिस्थितिमा समेत आफूहरूलाई जन्मभूमि नेपाल फर्कन पहल गरेको भन्दै प्रनीत तिवारीले सीतारा ट्राभल्सलाई धन्यवाद दिएका छन् ।
नेपालमा जस्तै अन्य देशहरूमा समेत नियमित उडान रोकिएको कारण सिंगापुरको सिल्क एयरका नेपाल प्रमुख छिंगी चेन र पर्यटन मन्त्रालयको सहयोगमा उनीहरूलाई नेपाल ल्याउन सफल भएको सीतारा ट्राभल्सले जनाएको छ ।
हाल अष्ट्रेलियामा झन्डै ६० हजारको संख्यामा नेपालीहरू रहेका छन् ।तीमध्य अधिकांश विद्यार्थी भिसामा गएकाले उनीहरू कोरोना महामारीले रोजगार गुमाएका कारण आर्थिक चपेटामा पर्दै आएका छन् ।
सीतारा नेपालमा लगभग तीन दशकदेखि सेवा दिँदै आएको पुरानो र लोकप्रिय ट्राभल्स हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया