पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरि कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको जानकारी दिए । उनले चार महिला र ८ जना पुरुषको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा मोरङको ५६ वर्षीया र ६५ वर्षीया महिला, भक्तपुरको ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको प्रवक्ता डा.गौतमले बताए ।

उनले कोरोनाबाट मृत्यु हुनेमा उदयपुरका ५२ वर्षीया पुरुष, पर्साका ७२ वर्षीया १ पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाको ५५ वर्षीय पुरुष, चितवनको ५१ वर्षीय पुरुष, कास्कीको ५२ वर्षीय पुरुष, रुपन्देहीको ६० वर्षीय पुरुष र झापाका ८३ वर्षीय एक पुरुषको मृत्यु भएको जानकारी दिए ।

Published : Friday, 2020 August 28, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया