जुवाको अखडाबाट पाँच जना नगदसहित पक्राउ
पोखरा । प्रहरीले पोखरा महानगरपालिका– १४ कदम मार्ग डेरा गरी बस्ने देवीलाल तिमिल्सिनाको कोठामा तास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ ।
वडा नम्बर १३ मियापाटन बस्ने ४२ वर्षीय जीवन नेपाली लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले तास खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलीरहेको अवस्थामा १ लाख ३६ हजार १ सय ७० रुपियाँ नगद र ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
Published : Friday, 2020 August 28, 10:41 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया