चीनले तोक्यो कोरोनाविरुद्धको भ्याक्सिनको मूल्य, कति पर्छ नेपाली मूल्य ?
बेइजिङ । चीनले कोरोनाभाइरस (कोभडि–१९)विरुद्ध तयार पारेको खोपको मूल्य तोकेको छ ।
चीनले भ्याक्सिनको मूल्य १४० डलर तोकेको छ । नेपाली बजारमा भ्याक्सिनको मूल्य रु. १५ हजार जति पर्नेछ ।
चीनको औषधि कम्पनीले कोभिड–१९ विरुद्धको खोप सन् २०२० को अन्त्यसम्म बजारमा ल्याउने भएको छ । चीनले कोभिड–१९ विरुद्धको खोपको मूल्य समेत तोकेको छ ।
चिनियाँ औषधि उत्पादक कम्पनी सिनोफार्मले खोप तयार पारेको हो । उसले यही वर्षको डिसेम्बरमा खोप बजारमा आउने जनाएको छ ।
चीन सरककारले पनि केही दिन अगाडि खोपमा भइरहेको प्रगतिबारे जानकारी दिएको थियो ।
खोप विकासको चरणमा विश्वभर अन्तिम चरणमा पुगेका ६ खोपमध्ये आधा चिनियाँ भएको बताइन्छ ।
विश्वव्यापी परीक्षण खोप गर्नुपर्नेमा चीनले अत्याधिक संक्रमण भएका स्थानमा परीक्षण गरेको बताइएको छ ।
युरोपियन विज्ञहरू पनि चीनले विकास गरेको खोपप्रति सकारात्मक छन् ।
चीनले गत महिनादेखि प्रमुख सरकारी कर्मचारीहरूमाथि खोपको गोप्य परीक्षण गरेको समाचार सार्वजनिक भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया