श्रीराम हत्याकाण्डमा गृहको सर्कुलरले देशभरि खैलाबैला
काठमाडौं । गृह मन्त्रालयले पुजारी हत्यारालाई कारबाहीको माग गरेर हुने प्रदर्शनलाई नियन्त्रण गर्न दवाव दिएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई गोप्य सर्कुलर पठाएर कारबाहीको माग राखेर हुने प्रदर्शन रोक्न निर्देशन दिएको हो ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।
चार दिनअघि सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरूमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न भनिएको छ ।
पत्रमा शाखा अधिकृत प्रतीक राईले हस्ताक्षर गरेका छन् । ‘घटनाको विषयलाई लिएर त्यहाँका जिल्लाहरूमा हुनसक्ने अवाञ्छित गवितिविधिहरू हुन र गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानून विपरीतका कार्य भए–गरेको पाइएमा संलग्नताहरूलाई कानूनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ’, परिपत्रमा भनिएको छ ।
गृह मन्त्रायलका सूचना अधिकारी प्रेमलाल लामिछाने शान्ति सुरक्षामा खलल पुग्ने विषयमा संवेदनशील भएर हेर्नु भनेर परिपत्र जारी हुनु सामान्य विषय भएको बताएका छन् ।
भदौ ३ गते राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । एक हप्ता हुँदा समेत हत्यारा पत्ता लाग्न सकेको छैन ।
अनुसन्धानमा प्रहरी गम्भीर नभएको आरोप लागिरहेका बेला गृह मन्त्रालयको सर्कुलर सार्वजनिक भएपछि सर्वसाधारणमा आक्रोश बढेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया