यी हुन् चीनको पैसा खाने ओलीका सल्लाहकार, भातरविरुद्ध गतिविधि

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका विदेश मामला सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ राजदूतावासबाट लाखौँ रकम लिएको खुलासा भएको छ ।

भारतविरुद्ध जासुसी गर्न डा.भट्टराईले तीन वर्ष अगाडि १५ लाख रुपियाँ लिएको उच्च स्रोतले जनाएको छ । डा.भट्टराईले उक्त रकम नेपाल–भारतसम्बन्धको बारेमा रिसर्च गर्नेभन्दै लिएका हुन् ।

डा.भट्टराईले नबिल बैंकमार्फत् १५ लाख रुपियाँ बुझेको हस्ताक्षरसहितको विवरण ‘ग्लोबल वाच एनालिसिस’ले सार्वजनिक गरेको छ ।

१५ लाख बुझेको उक्त प्रोजेकट १५ अक्टोबर सन् २०१७ देखि ३० डिसेम्बर २०१७ सम्मको रहेको छ ।

नेपाल–भारतबीचको सन् १९५० को सन्धिसँग सम्बन्धित विषयबारे रिसर्च गर्ने भनिएको छ ।

प्रोजेक्ट संयोजकमा डा.भट्टराईले गीता गौतमको नाम राखेका छन् । रकम आफ्नै हस्ताक्षरमा बुझेका छन् ।

फ्रान्स केन्द्रित खोजमुलक पत्रकारिता गर्दै आएका रोल्याण्ड ज्याकर्डले नेपालः द न्यु चाइनाज स्याटलाइट स्टेर शीर्षकमा एक्स्क्लुसिभ भन्दै सार्वजनिक गरेको समाचारमा नेपालमा चीनले विस्तारवादी नीतिअनुसार यस्ता कार्यहरू गर्दै आएको आरोप लगाएको छ ।

चीनको राज्य नियन्त्रित कम्पनीहरूले नेपालमा धमाधम ठेक्का पाइरेको विषय पनि उल्लेख छ ।
नेपालस्थित चिनियाँ राजदूतावासले नेपालको राज्य संयन्त्रमा आफ्ना बफादारहरू धमाधम तयार गरेको आरोप लगाएको छ ।

चीनले विभिन्न माध्यमले सहयोग गर्ने गरेको ज्याकर्डको समाचारमा उल्लेख छ । यसैलाई जोडेर प्रधानमन्त्री ओलीका विदेश मामला सल्लाहकार डा.भट्टराईले १५ लाख रुपियाँ रिसर्चका लागि पाएको उल्लेख गरिएको छ ।

चीनको १५ लाख रुपियाँ लिँदा डा.भट्टराई नेपाल–भारत प्रबुद्ध समूहका सदस्य रहेका थिए ।
यसअघि ज्याकर्डले प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यको स्वीस बैंकमा रकम रहेको भन्दै विवादास्पद समाचार छापेका थिए ।

ज्याकर्डले चिनियाँ कम्पनीसँग वर्तमान सरकारले गरेका केही ठेक्काहरुरूको विवरणसहित कमिशनको विषय समेत उठाएका थिए ।

तत्कालीन एमालेको तर्फबाट डा.भट्टराई प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका थिए । डा.भट्टराई नेपाली कांग्रेसका गगन थापासँग पराजित भएका थिए ।

यसैबीच, ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.भट्टराईले चीनबाट लिइएको १५ लाखका विषयमा बचाउ गरेका छन् । उनले चीनबाट पैसा लिएर जासुसी गरेको भन्ने समाचारको ट्वीटमार्फत खण्डन गरेका छन् ।

‘भारतीय एक मिडियामा आएको समाचारलाई पच्छ्याएर नेपालका केही अनलाइनहरूले मेरो विषयमा गरेको अतिरञ्जित प्रचारमा सत्यता छैन’, उनले भनेका छन्, ‘मैले राज्यको जिम्मेवारी लिइरहँदा जिम्मेवारीको मर्यादा र सीमालाई उल्लंघन गरेर देश र जनतालाई आघात पार्ने काम गरेको छैन ।’

ओलीका सल्लाहकार डा.भट्टराईले चीनबाट १५ लाख रकम लिएको कुराको अस्वीकार गरेका छैनन् ।

Published : Thursday, 2020 August 27, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया