खुमलटारबाट लिक भयो कार्यदलको प्रतिवेदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पाँच वर्ष प्रधानमन्त्रीमा रहने प्रस्ताव गरेको छ ।

खुमलटारबाट लिक भएको कार्यदलको प्रतिवेदनअनुसार पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको हैसियतमा पार्टी चलाउन दिइनेछ । ओली नेकपाको अध्यक्षमा सेरोमोनियल रहनेछन् । ओलीले सरकार पाँच वर्ष चलाउनेछन् ।

कार्यदलले शनिबार ओली र दाहाललाई बुझाएको प्रतिवेदनले विवाद समाधानको प्रयासमा सुझावहरू दिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘पार्टीमा जटिल र कठिन ठानिएको आन्तरिक अन्तरविरोध एवम् समस्या समाधानका निम्ति ठोस पहल हुनु सकारात्मक कुरा हो ।’

‘यस प्रयासलाई संस्थागत ढंगले सार्थक निष्कर्षमा पुर्‍याउनुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ, ‘यसका लागि अनुकूल स्थिति सिर्जना हुनेगरी अध्यक्षद्वयबाट तत्काल पार्टीका नेता, कार्यकर्ता, सदस्य, शुभेच्छुक र आम जनसमुदायमा पार्टी एकता जोगाउने, पार्टी र सरकारको भूमिकालाई अझ धेरै प्रभावकारी बनाउनेर नेपाली जनताले यस्पार्टीको काँधमा सुम्पिएको अभिभारा सफलतापूर्वक पूरा गर्दै अघि बढ्ने सन्देश प्रवाह हुनेगरी संयुक्त वक्तव्य जारी गर्ने ।’

ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने सुझावमा उल्लेख छ । सरकारको काममा केन्द्रित हुने भनिएको छ ।

दाहालले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने सुझाव दिइएको छ ।

केन्द्रीय कमिटीको दोश्रो बैठकले तोकेकै समय आगामी चैत २५ देखि ३० मा महाधिवेशन गर्नुपर्ने प्रतिवेदनमा पनि भनिएको छ ।

साउन ३० गते गठन भएको ६ सदस्यीय कार्यदलले गत शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन खुलटारबाट निकटा पत्रकारमार्फट लिक गरिएकाे स्राेतले जनाएकाे छ ।

यो प्रतिवेदनले नेकपामा ओलीलाई राहत दिएको छ । दोस्रोत वरीयताका अध्यक्ष दाहाललाई फेससेभिङको काम गरेको छ ।

Published : Monday, 2020 August 24, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया