तरुण सदस्य पोखरेलद्वारा काठमाडौं प्रहरीलाई सुध्रिन आग्रह

काठमाडौं । नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर २ का सदस्य दीपेन्द्र पोखरेलले कोरोना महामारीका बेला चेकजाँचमा खटिएका प्रहरीको व्यवहार अत्यन्तै रुखो रहेको भन्दै सुधारको आवश्यक्ता रहेको बताएका छन् ।

महानगरीय प्रहरी परिसरलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउँदै तरुण सदस्य पोखरेलले विपतको समयमा प्रहरी र सर्वसाधारण मिलेर सामना गर्नुपर्ने बताएका हुन् ।

निषेधाज्ञाका बेला चेकिङमा खटिने प्रहरीहरू आक्रोशमा आउने, शक्तिको दुरुपयोग गर्ने जस्ता कार्य गरेको उनले बताएका छन् ।

तरुण सदस्य पोखरेलले जनतालाई प्रहरीले सम्झाइबुझाइ गरेर पठाउनको साटो धम्काउने, तर्साउने जस्तो कार्य गर्दा स्थिति तनावपूर्ण हुने बताएका छन् ।

काठमाडौंमा निषेधाज्ञा लागू भएको भन्दै पोखरेलले अत्यावश्यक सेवा, खाद्य सामग्री विक्री, ढुवानीलगायतमा स्थानीय निकाय, जिल्ला प्रशासन र प्रहरीबीच तालमेल नरहेको भन्दै पोखरेलले सो विषयमा ध्यान दिन पनि माग गरेका छन् ।

तरुण सदस्य पोखरेलले काठमाडौं जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशहापथलाई पनि बोर्धा दिएका छन् ।

Published : Sunday, 2020 August 23, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया