केराबारीमा तरुण दलद्वारा ‘फुड बैंक’ सञ्चालन, तरुणको काम र नाराले धेरैको मन जित्याे

केराबारी । मोरङ जिल्लामा नेपाल तरुण दल क्षेत्र नं. १ अन्तर्गत केराबारीले निषेधाज्ञाका कारण समस्यामा परेका अति विपन्न परिवारहरूलाई राहत वितरणका लागि ‘फुड बैंक’ सञ्चालन गरेको छ ।

खाद्यान्न वितरण गर्न तरुण दल केराबारीले बिहान ९ देखि १० बजे एक घण्टाका लागि फुड बैंक सञ्चालन गरेको हो । फुड बैंकमा चामल, दाल, तेललगायतका सामग्री पोको बनाएर राखिएको हुन्छ । आवश्यक पर्नेले आएर ती सामग्री लिएर जान्छन् ।

फुड बैंकलाई दिन चाहनेले पनि सो स्थानमा आएर चामल, दाल, तेलसहितका खाद्यान्न दिएर जाने गरेको तरुण दलले जनाएको छ । केराबारी तरुण दलले फुड बैंकमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएको छ ।

निषेधाज्ञा र कोरोनाका कारण समस्यामा परेकाहरूलाई निःशुल्क खाद्यान्न सहयोग गर्न तरुण दलले शुरु गरेको ‘फुड बैंक’बाट धेरै जनालाई सहयोग मिलेको छ ।

नेपाल तरुण दल केराबारीले ‘हुनेले खाना दिएर सहयोग गरौं, नहुनेले लिएर जाउँ’ भन्ने नारासहित केराबारीमा ‘फुड बैंक’ सञ्चालन गरेको जनाएको छ ।

मोरङ जिल्लामा कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । कोरोनाका कारण अति विपन्न परिवार समस्यामा परेको छ । समस्यामा परेको परिवारलाई भोकै बस्न नपरोस् भनेर तरुण दलले निःशुल्क खाद्यान्न वितरण गरेको छ ।

तरुण दलको फुड बैंकमा गोपाल याख्खाले ५ हजार, निलकमल कन्ट्रक्सनका वृष थापाले १० हजार, धन सेञ्चुरीले ३ हजार, कुमार बस्नेतले ५ हजार, पदम तामाङले ५ हजार, प्रकाश पाठकले ५ हजार ५ सय सहयोग गरेका छन् ।

केही व्यक्तिले चामल, तेल, दल लगायतका खाद्य सामग्री समेत तरुण दललाई फुड बैंकका लागि सहयोग गरेका छन् ।

Published : Sunday, 2020 August 23, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया