निधिले यसरी फसाउँदै छन् कांग्रेस र देउवालाई, क्रियाशील सदस्यनै नभएको मान्छे विभागमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा कांग्रेसको क्रियाशील सदस्य नै नभएको व्यक्ति मनोनीत भएको रहस्य खुलेको छ ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिको दवाव र सिफारिसमा अष्ट्रेलियामा बस्दै आएका सुजितकुमार सिंह विभागको सदस्यमा मनोनीत भएका हुन् । सुजितकुमार विभागको सदस्य मनोनीत भएपछि प्रदेश २ र अष्ट्रेलियामा कांग्रेसमाथि वितृष्णा पैदा भएको छ । सुजितकुमारको सबैले आलोचना गरिरहेका छन् ।
रौतहट जिल्ला घर भएपनि सुजितकुमारको ठेगाना बारा भनेर लेखिएको छ । उनी लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।
आर्थिक चलखेल गरेर सुजितकुमारले विभागको सदस्य पड्काएको स्रोतले जनाएको छ ।
कांग्रेसको विभागहरूमा वरिष्ठ नेताहरूलाई राख्ने जनाइएको थियो । तर, विभागहरूमा क्रियाशील सदस्य नै नरहेको व्यक्तिलाई नियुक्ति गरेपछि कांग्रेस पार्टीको नेतृत्वमाथि नै प्रश्न उठ्न थालेको छ ।
कांग्रेसमा लामो समयदेखि योगदान गर्दै आएका सिनियर नेताहरू छन् । ती सिनियर नेताहरूलाई बेवास्ता गरेर विभागमा कनिस्ठलाई नियुक्ति गरेपछि विरोध भएको छ ।
जनसम्पर्क समितिमा कांग्रेस साभापति शेरबहादुर देउवाले जम्मा सात सदस्यीय मात्रै बनाएका छन् । विभागले पूर्णता पनि पाएको छैन ।
विभागमा कांग्रेसको क्रियाशील सदस्य नै नभएको व्यक्तिलाई सभापति देउवाले मनोनीत गरेर पार्टीभित्रका सिनियर नेताहरूको अपमान र मानमर्दन गरेको आरोप लागेको छ ।
सुजितकुमारका बुवा बज्रकिशोर सिंह पूर्वराज्यमन्त्री पनि हुन् । पूर्वसांसद समेत रहेका बज्रकिशोर सिंह पछिल्लो समय विमलेन्द्र निधिको गुटमा लागेका छन् ।
निधिको गुटमा लागेर क्रियाशील सदस्य समेत नरहेका छोरा सुजितलाई विभागको सदस्य बनाउन सफल भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया