भेन्टिलेटर नपाउँदा कांग्रेस नेता एवम् वडाध्यक्ष यादबको निधन
इटहरी । सुनसरी जिल्लामा समयमै भेन्टिलेटर नपाउँदा कोशी गाउँपालिका–२ का वडा अध्यक्ष हीरालाल यादवको मृत्यु भएको छ ।
४५ वर्षीय यादबलाई हर्टअट्याक भएपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पु¥याइएको थियो । यादबको बीएण्ड सी अस्पतालमा ज्यान गएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका वडाध्यक्ष यादबलाई दिउँसो घरमै बसेको समयमा हर्टअट्याक भएको थियो ।
कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि यादबलाई झापाको बीएण्ड सी अस्पताल पुर्याइएको थियो ।
अस्पतालबाट फर्काउने क्रममा यादबको मृत्यु भएको अन्सारीले जानकारी दिएका छन् ।
Published : Saturday, 2020 August 22, 7:02 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया