ओखलढुंगाकी सपना मलेसियामा सानो छोरासँगै अलपत्र
ओखलढुंगा । सात वर्षीय छोरासहित ओखलढुंगाकी सपना राई ‘पिन्तुमा’ नाम गरेकी महिला मलेसियामा अलपत्र परेकी छिन् ।
मोलुङ गाउँपालिका–८ राँगादीपकी मानसिक सन्तुलन गुमाएकी ती महिला वर्षौंदेखि मलेसियामा अलपत्र परेकी हुन् । उनी छोरासँगै सडकमा रात विताउने गरेकी छिन् ।
ओखलढुंगा घर भएका नेपालीहरूले ती महिलालाई उद्धार गरेर नेपाल पठाउन खोजेका थिए । साथमा रहेको बच्चाको जन्मदर्ता नहुँदा समस्या भएको छ ।
सपना मोलुङ–८ का विष्णुबहादुर राईकी कान्छी छोरी हुन् । वडाअध्यक्ष हरिकुमार राईले बताए ।
सपना १० वर्षअघि मलेसिया गएकी थिइन् । उनका बुबाआमा दुवै बितिसकेका छन् । सपनाका दाईको आर्थिक अवस्था पनि नाजुक छ ।
मलेसिया जानु अगाडि सपनाले ओखलढुंगामा दुई विवाह गरेकी थिइन् । विदेश गएपछि उनी सम्पर्क विहीन थिइन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया