सरकारद्वारा कोरोना परीक्षणमा मात्रै तीन अबरभन्दा धेरै खर्च
काठमाडां । सरकारले एकजना कोरोनाभाइरसको संक्रमित खोज्नका लागि एक लाखभन्दा धेरै रकम खर्च गर्नुपरेको जनाएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले एउटा पोजेटिभ व्यक्ति भेट्न एक लाख ४ हजार ६ सय ३० रुपियाँ खर्च भएको बताए ।
डा.गौतमले शुक्रबारसम्म आरटी पीसीआर टेस्ट पाँच लाख ७९ हजार ८ सय ९९ सय गरिएको जनाएका छन् । यो टेस्ट गर्दा एउटा टेस्टमा पाँच हजार पाँच सय रुपियाँ खर्च भएको डा.गौतमले बताए ।
उनले एक जना संक्रमित व्यक्तिलाई आईसियुमा ३० दिन राख्नुपर्दा सरकारले चार लाख पचास हजार तिर्नुपर्ने बताए ।
हालसम्म कोरोना टेस्टका लागि ३ अरब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च भएको डा.गौतमले बताए । यो खर्च ल्याब र पीपीई बाहेकको खर्च हो ।
सरकारले हालसम्म ३० हजार ४ सय ८३ व्यक्ति पोजेटिभ देखिएको जनाएको छन् ।
डा.गौतमले काठमाडौंमा निषेधाज्ञा रहेको भन्दै केही व्यक्तिले उल्लंघन गरेको बताएका छन् । उनले घरमा बस्न अनुरोध गर्दै दुई मिटरको दुरी कायम गर्न आग्रह गरेका छन् ।
अनिवार्यय रुपमा मास्क लगाउने, साबु पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया