दाहालले फेरि उठाए मौकाको फाइदा, ओलीलाई अबरोध गर्ने प्रयास

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरसल्लाहनै नगरेर राजनीतिक नियुक्तिहरू गरेको भन्दै आक्रोश जनाएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग भेटेर दाहालले पूर्वसहमति विपरित राजनीतिक नियुक्तिहरू गरेको भन्दै असन्तुष्टि जनाएको स्रोतले जनाएको छ । दाहालले पुनः ओलीलाई माैकाकाे फाइदा उठाउँदै असहयाेग गर्न खाेजेका छन् ।

मन्त्रिपरिषदबाट सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेललाई नियुक्त गरेको थियो ।

दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले सहमति विपरित सरकार चलाएको भन्दै विरोध गर्दै आएका छन् ।

Published : Thursday, 2020 August 20, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया