सरकारले श्रेष्ठसँग प्रेस काउन्सिलको कार्यबाहक अध्यक्ष पद खोस्यो
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाएको छ ।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई कार्यबाहक अध्यक्षबाट हटाउने निर्णय गरेको एक मन्त्रीले बताए । काउन्सिलमा लामो समयदेखि अध्यक्ष पद रिक्त छ ।
श्रेष्ठलाई कार्यबाहक अध्यक्षबाट हटाएर सरकारले दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । भण्डारी केही दिन मात्रै सदस्यमा नियुक्त भएकी थिइन् । उनीसँग सदस्यमा दीपक पाण्डे पनि सदस्यमा नियुक्त भएका थिए ।
श्रेष्ठले लामो समयदेखि कार्यबाहक अध्यक्ष चलाउँदै आएका थिए । श्रेष्ठ अब काउन्सिलमा सदस्य मात्रै रहनेछन् ।
सरकारले काउन्सिलको नियमावली समेत संशोधन गरेको छ । नयाँ नियमावलीसँगै सरकारले श्रेष्ठसँग कार्यबाहक अध्यक्ष पद खोसेर भण्डारीलाई दिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया