काेराेनाका बेला अटेर गर्ने काठमाडौंका २ ठूला मल, फेसियल हाउससहित १६ जना जनसेवाद्वारा पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा बढिरहेका बेला सरकारको निर्देशन र अपील अटेर गरेर व्यवसाय सञ्चालन गर्नेहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवा, न्युरोडले १६ जनालाई पक्राउ गरेको छ ।
आइतबार जनसेवा प्रहरीले विभिन्न ठाउँबाट १६ जनालाई पक्राउ गरेर सम्झाइबुझाइ गरि छाडिदिएको हो ।
जनसेवाका प्रमुख एवम् डिएसपी सुनीलजंग शाहले सीटीसी मल, काठमाडौं मल, झोँसे, न्युरोडलगायतका स्थानबाट १६ जनालाई पक्राउ गरेर सम्झाइबुझाइ गरि रिहाइ गरिएको जानकारी दिए । ब्युटिपार्लर, शैलुन खोल्न नपाइने उनले बताए ।
‘टेक अवे’ सेवा मात्रै दिनुपर्नेमा रेष्टुरेन्ट र होटेलहरूले मान्छेहरू राखेर भिडभाड गरेपछि बाध्य भएर पक्राउ गरि २–३ घण्टा राखेर सम्झाइबुझाइ गरिए पठाएको डिएसपी शाहले बताए ।
‘स्थानीय प्रशासनले तोकेको कार्य नगर्ने १६ जनालाई आज पक्राउ गरि २–३ घण्टा राखेर सम्झाइ बुझाइ गरेर पठाएका छौँ’, उनले भने, ‘कोरोनाभाइरसको महामारी रहेका बेला व्यापार, व्यवसाय सञ्चालन गर्नेहरूले पनि जिम्मेवार भएर सोँच्नुपर्छ ।’
डिएसपी शाहले सीटीसी र काठमाडौं मलबाट ब्युटिपार्लर, कपाल काट्ने शैलुन तथा रेष्टुरेन्टबाट व्यक्तिहरू पक्राउ गरिएको जानकारी दिए ।
सुष्मा महरा सञ्चालक रहेको ‘फेसियल हाउस’बाट पनि दुई जनालाई पक्राउ गरिएको छ । महराले सामाजिक सञ्जालमा सूचनानै राखेर सेवा दिने उल्लेख गरेकी छिन् ।
स्थानीय प्रशासनको आदेश नमान्ने न्युरोडका रेष्टुरेन्ट र कपाल काट्ने पाँच जनालाई पक्राउ गरेर सम्झाइबुझाइ गरेर रिहाइ गरिएको छ ।
झोँसेमा रहेका भट्टी पसल तथा रेष्टुरेन्टबाट पनि जनसेवाको प्रहरीले छ जनालाई पक्राउ गरि सम्झाइबुझाइ गरि छाडेको छ ।
यसअघि, अनामनगरमा पनि बोता रेष्टुरेन्टले अटेर गरेर खोलेपछि प्रहरीले पक्राउ गरेर सम्झाइबुझाइ गरि छाडेको थियो ।
काठमाडौं उपत्यकामा कोरोनाको उच्च जोखिम बढेपछि ब्युटिपार्लल, शैलुन, रेष्टुरेन्ट, मललगायतलाई नखोल्न स्थानीय प्रशानले आदेश दिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया