नुवाकोटमा नेकपाका युवा नेताहरू कांग्रेस प्रवेश
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका युवा नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।
काठमाडौंमा शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी, प्रतापसिंह लामाले एक दर्जन युवाहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।
कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको अनुशरण गर्ने प्रतिबद्धतासहित नेकपा नुवाकोटका जिल्ला नेतासहितका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको सभापति केसीले जानकारी दिए ।
नेकपाका नेता तथा पूर्वमाओवादी जिल्ला कमिटी सचिवालय सदस्य समिर तामाङको नेतृत्वमा एक दर्जन नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा बेल्कोटगडी नगरपालिकाका समिर तामाङ, प्रकाश तामाङ, सोमलाल तामाङ, सबिन तामाङ रहेका छन् ।
शिवपुरी गाउँपालिकाका दिनेश तामाङ, नयन तामाङ, उत्तरगया गाउँपालिकाका विजय घले, बोल्कोटगडीका निरन लामा, सुवास लामा, विश्वास लामा, सूर्यगडी नगरपालिकाका निरन प्याकुरेल लगायतका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया