सीमा मात्रै होइन, मन जोडिएका सबै देश भारतका छिमेकी हुन्ः मोदी
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा जोडिएका मात्र नभएर मन जोडिएका सबै देश भारतको छिमेकी भएको बताएका छन् ।
नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले जमिन र समुद्र दुवैबाट सीमा जोडिएका देशहरू भारतको छिमेकी भएको बताए ।
‘जमिनबाट होस्, वा समुद्रबाट हामी सबै छिमेकी देशसँग सम्बन्ध बलियो बनाइरहेका छौं’, उनले भने, ‘हामी छिमेकी देशसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पनि मजबुत बनाइरहेका छौं ।’
मोदीले दक्षिण एसियामा विश्वकै एक चौथाइ जनसंख्या रहेको बताए । दक्षिण एसियाका नेताहरू एकजुट भएर विकासमा लाग्नुपर्ने उनले बताएका छन् ।
शान्ति स्थापना भए मात्रै मानवताका लागि हित हुने मोदीले बताएका छन् । ‘आज हाम्रो भौगोलिक सीमा जोडिएका देश मात्रै छिमेकी होइनन्’, मोदीले भने, ‘ती देश पनि हाम्रा छिमेकी हुन् जोसँग हाम्रो मन जोडिएको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया