लामो समयपछि ओली–मोदीबीच वार्ता, मोदीलाई शुभकामना प्रदान

काठमाडौं । भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर खटपट भइरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

शनिबार ओलीले मोदीलाई फोन गरेर भारतीय स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका हुन् ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि ओली र मोदीबीच पहिलो पटक वार्ता भएको हो ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले टेलिफोनमा मोदीलाई शुभकामना प्रदान गरेको बताए ।

फोन सम्वादमा दुई मुलुकको सम्बन्धका विषयमा पनि कुराकानी भएको डा.भट्टराईले जानकारी दिए ।

Published : Saturday, 2020 August 15, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया