कांग्रेस नेता खतिवडाद्वारा छ वर्षीया बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ६ वर्षीया बालिकालाई मलेसियाबाट नेपालीहरूले पठाएको आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

कांग्रेस नेता खतिवडाले ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका–४ निवासी तिलक नेपालीलाई मलेसिया एकता समाजले पठाएको ४३ हजार १ सय ४५ रुपियाँ हस्तान्तरण गरेका हुन् ।

तिलक नेपालीकी छोरी सविताको उपचारका लागि समाजका तर्फबाट सुजन घिमिरेसहितको टिमले रकम संकलन गरेर नेपाल पठाएको थियो ।

मलसिया एकता समाज र सुजन घिमिरेको टिमलाई कांग्रेस नेता खतिवडाले धन्यावाद दिएका छन् । उनले विदेशमा बसेर पनि स्वदेशमा समस्या परेकालाई गरेको आर्थिक सहयोग सराहनीय रहेको बताए ।

‘तपाईहरू विदेशमा बसेर दुःख गर्नुभएको छ । स्वदेशमा कोही समस्यामा पर्दा पीडा सहन नसकेर आर्थिक सहयोग गर्नु हुन्छ’, खतिवडाले भने, ‘सुजन घिमिरेसहितका साथीहरूको यो सामाजिक कार्य अत्यन्तै पूण्यको कार्य हो ।’

खतिवडाले मलेसियाबाट आएको रकमले सानी बालिका सविता नेपालीको उपचारमा ठूलो सहयोग हुनेभन्दै खुसी व्यक्त गरेका छन् ।

ओखलढुंगा जिल्ला निवासी बालिकाका बुबा तिलक नेपालीले पनि सुजन घिमिरेसहितको टिमलाई धन्यावाद दिएका छन् ।

Published : Saturday, 2020 August 15, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया