सरकारले निजी अस्पताल गुहार्यो, कोरोनाको उपचार गर्न बेड अभाव
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसका संक्रमितहरूको उपचारका लागि अस्पतालहरूमा बेड अभाव भएको जनाएको छ ।
मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले कोरोनाका संक्रमितहरूलाई उपचार गराउन बेडको अभाव भएको बताए ।
उनले निजी अस्पतालहरूलाई वीस प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि राख्न आग्रह गरेका छन् ।
झण्डै दुईतिहाइको खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले बेड अभाव भएको बताएका हुन् ।
उनले कोरोनाभाइरसको संक्रमणबाट आफै बच्नुपर्ने पनि बताएका छन् । ‘कोरोनाको औषधि पत्ता लागेको छैन’, उनले भने, ‘मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने, बेलाबेला सेनिटाइजर लगाउने कार्य गरेर कोरोनाको संक्रमणबाट आफै बच्नुपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया