अटल बिहारी वाजपेयीका तस्वीरहरूको अनावरण गरिने

काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सम्झनामा भारतीय सांस्कृतिक सम्बन्ध परिषदले विशेष कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा वाजपेयीको तस्वीर भारतीय सांस्कृतिक सम्बन्ध परिषदको परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । वाजपेयी र राष्ट्र निर्माणका लागि उनले दिएको योगदानलाई सम्झिदै दोस्रो पुण्यतिथिमा कार्यक्रमको आयोजना गरिन लागेको हो ।

विदेश राज्यमन्त्री वी. मुरलीधरन र भारतीय सांस्कृतिक सम्बन्ध परिषदका अध्यक्ष एवम् संसद डा. विनय सहस्रबुद्घेको समुपस्थितिमा भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा भर्चुअल मोडमा वाजपेयीको तस्वीरको अनावरण गरिनेछ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै पुरस्कारद्वारा सम्मानित, स्वर्ण पदक विजेता, मुम्बईका सुप्रसिद्ध चित्रकार वासुदेव कामतले वाजपेयीका क्यानभास तेल चित्र बनाएका हुन् ।

Published : Friday, 2020 August 14, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया