लिदीको घटनाप्रति तरुण दल मर्माहत, उद्धार र राहतमा जुट्न निर्देशन
काठमाडौं । नेपाल तरुण दलले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोले गरेको जनधनप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि अपील गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर लिदीमा पहिरोका कारण भएको जनधनीबाट केन्द्रीय कार्यसमिति मर्माहत भएको बताए ।
‘३८ जना बेपत्ता भएको र ३५ घरमा क्षति भएको खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको छ’, उनले भने, ‘उक्त स्थानका जनताले पटक–पटक आफ्नो बस्ती जोखिममा रहेको र बस्ती संरक्षणका लागि पहल गरिदिन ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय जिम्मेवार नबन्दा यो अबस्था आएको हो भन्ने नेपाल तरुण दल केन्द्रीय समितिको ठहर छ ।’
‘यसरी आम जनताको मागप्रति गैरजिम्मेवार हुनेलाई हदैसम्मको कारवाही गर्नुहुन माग गर्दछौँ’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘बेपत्ताहरूको यथाशीघ्र खोजी, घाइतेहरूको उपचार र जोखिममा रहेका परिवारहरूको सुरक्षित स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।’
‘नेपाल तरुण दलको सिन्धुपाल्चोक जिल्ला, क्षेत्र, गाउँपालिका र वडा समितिलाई पनि उद्दार, राहात र स्थानान्तरण कार्यमा जुट्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछौँ ।’
लिदीमा शुक्रबार बिहान करीव ६ बजे पहिरो खसेर ३५ घर पुरिएको छ । सुरक्षा निकाय र स्थानीयहरूले पहिरोबाट उद्धारको कार्यहरू गरिरहेका छन् ।
घाइतेको उद्धार गरेर चौतारा र काठमाडौंमा ल्याएर उपचार गरिदै छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया