तरुण नेता शेर्पाद्वारा लिदी पहिरोमा परेकाहरूको उद्धारमा खटिन अपील
काठमाडौं । नेपाली कांग्रेस नेपाल तरुण विभागका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता पासाङ नर्वु शेर्पाले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ स्थित लिदीमा आएको पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
शेर्पाले शुक्रबार विज्ञप्ति जारी गरेर पहिलो लिदीमा ठूलो जनधनको क्षति पुर्याएको बताएका हुन् । उनले जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान र पुरिएकाहरूको उद्धारका लागि अपील गरेका छन् ।
‘जोखिममा रहेको बस्तीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण, उद्धार तथा राहतका लागि सरकार समक्ष नेपाली कांग्रेस तरुण विभाग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस तरुण विभाग तथा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता साथीहरूलाई तत्काल उद्धार तथा राहतका लागि जुट्न अनुरोध गर्दछु ।’
सिन्धुपाल्चोकको लिदीमा पहिरो जाँदा ३६ जना सर्वसाधारण बेपत्ता भएका छन् । पाँच जनाको उद्धार गरिएको छ । थुप्रै घरहरू पुरिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया