कोरोना सल्काउने हर्कत गर्ने बोता रेष्टुरेन्टका मान्छे काठमाडौंमा पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेका बेला अटेर गरी रेष्टुरेन्ट सञ्चालन गर्ने बोताका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको अनामनगरस्थित बोता रेष्टुरेन्टका म्यानेजरलाई बिहीबार महानगरीय प्रहरी वृत्ति सिंहदरबारले पक्राउ गरेको हो । प्रहरीले सरकारको निर्देशन उल्लेघन गरेर कोरोनाभाइरसको संक्रमण फैलाउने गतिविधि गरेको अभियोगमा पक्राउ गरेको जनाएको छ ।
सरकारले रेष्टुरेन्टमा ग्राहकलाई राखेर नखुवाउन अपील गरेको छ । रेष्टुरेन्टको खानेकुरा प्याकिङ गरेर लैजान मात्रै सुविधान दिइएको छ ।
तर, अटेर गरेर रेष्टुरेन्ट सञ्चालन गर्ने बोताका म्यानेजरलाई प्रहरीले पक्राउ गरी सबक सिकाएको छ ।
Published : Thursday, 2020 August 13, 5:49 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया