पाटन अस्पतालमा १ सहित कोरोनाबाट पाँचको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ललितपुरसहित विभिन्न जिल्लामा ५ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए ।

महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ निवासी ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकी अस्पतालमा कोरोनाबाट मृत्यु भएको छ । उनी मधुमेह तथा क्षय रोगबाट पीडित थिए ।

धनुषा जिल्ला मिथिला नगरपालिका–७, ढल्केबर निवासी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

अछाम जिल्ला रामारोशन गाउँपालिका–५ निवासी १८ वर्षीय युवकको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ । उनी मुटु रोगको बिरामी थिए ।

मोरङको विराटनगर महानगरपालिका–३ निवासी ५७ वर्षीय पुरुषको साउन २८ गते कोशी अस्पतालमा मृत्यु भएको छ । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए ।

योसँग कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको प्रवक्ता डा.गौतमले बताएका छन् ।

Published : Thursday, 2020 August 13, 5:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया