इञ्जाले बलराम बानियाँको परिवारलाई एक लाख सहयोग गर्ने
न्युयोर्क । इञ्जाले स्वर्गीय पत्रकार बलराम बानियाँको परिवारलाई १ लाख रुपियाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार बानियाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
वरिष्ठ पत्रकार बाँनियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उनको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको बताएको छ ।
स्वर्गीय पत्रकार बानियाँको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्वन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि वढाउन पनि इञ्जाले माग गरेको छ ।
पत्रकारहरूका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार बानियाँको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस भनी तत्कालै आफ्नो आपतकालिन कोषबाट १ लाख रुपियाँ दिने निर्णय गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया