२४ लाख भारतीय रुपियाँ छाडेर मान्छेहरू फरार

कपिलवस्तु । सशस्त्र प्रहरी बल, नेपालले कपिलवस्तु जिल्लामा ठूलो परिमाणमा भारतीय रुपियाँ बरामद गरेको छ ।

कृष्णनगर नगरपालिका–१ बाट बुधबार एपीएफको टोलीले २४ लाख ५० हजार भारतीय रुपियाँ बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले उक्त रुपियाँ बरामद गरेको थियो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छाडेर भागेपछि उक्त झोलामा जाँच गर्दा पाँच सय दरको चार हजार नौ सय भारतीय रुपियाँ फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2020 August 13, 6:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया