सिन्धुलीमा नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
सिन्धुली । सिन्धुली जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
हरिहरपुरगढी गाउँपालिका–७ बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका २१ जना नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् । कम्युनिस्टहरूको झुठको पछाडि लाग्दा जनताले दुःख पाएको नवप्रवेशीहरूले आरोप लगाएका छन् ।
कांग्रेस प्रवेश गर्नेमा विष्णुबहादुर वाइबा, बृषबहादुर थिङ, ज्ञानबहादुर वाइबा, निराज थिङ, श्रीराम वाइबा, खड्काबहादुर वाइबा, कालध्वज घलान, लक्ष्युबहादुर वाइबा, कालध्वज स्याङतान, दीपक राणा रहेका छन् ।
हीरालाल थिङ, लालबहादुर घलान, कुलबहादुर थिङ, लालबहादुर वाइबा, दिलबहादुर थिङ, सेनुमाया वाइबा, प्रवीन वाइबा, रुपबहादुर थिङ, सुर्जबहादुर थिङ, गणेश थिङ र कुन्साङ थिङ नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया