नेकपाकी सांसदलाई कोरोनाभाइरसको संक्रमण
नेपालगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रदेश सांसद कृष्णा केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
प्रदेश ५ की सांसद केसीलाई शनिबार साँझ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ निवासी सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आफू कोरोनाभाइरसको संक्रमित भएको जानकारी दिएकी हुन् ।
उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकामा कोरोनाभाइरसको संक्रमण पुनः बढेपछि तीन दिनसम्म पूर्णरुपमा शील गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया