कांग्रेसको महाधिवेशनमा तरुणहरूले सदस्यता लिऔँ, प्रतिनिधि बनाैँः तरुण नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाहले १४औँ महाधिवेशनमा कांग्रेसले युवाहरूलाई ठाउँ दिनुपर्ने माग गरेका छन् ।

काठमाडौं तरुणका सचिव शाहले शनिबार प्रेस नोट जारी गरेर कांग्रेसको १४औँ महाविधेशनमा देशभरिका तरुणहरूले क्रियाशील सदस्यताका लागि पहल गर्नुपर्ने बताए ।

‘कांग्रेसको १४औँ महाधिवेशनमा तरुणहरूले नेतृत्व लिन अगाडि बढ्नुपर्छ’, उनले भने, ‘युवा तरुणहरू नयाँ देउश्य, योजना र रणनीतिका साथ कांग्रेसमा सक्रिय हुनुपर्छ ।’

देशभरिका युवाहरूलाई रोजगारी, व्यापार, व्यवसाय, राजनीति आदिमा कसरी सहभागी गराउने भनेर स्पष्ट नीति कांग्रेस नेतृत्वले दिनुपर्ने बताए । उनले युवा तरुणहरूलाई समेट्न सक्ने नीति तथा कार्यक्रम दिने नेतालाई साथ दिनुपर्ने आह्वान गरेका छन् ।

क्रियाशील सदस्यता लिन तरुणहरूलाई सचिव शाहले आग्रह गरेका छन् । उनले तरुणहरूलाई प्राथमिकतामा राखेर क्रियाशील सदस्यता दिनुपर्ने उनको भनाइ छ ।

अहिलेको अवस्थामा कांग्रेसलाई सही मार्गमा लैजाने भनेको तरुणहरूले मात्रै सक्ने तरुण सचिव शाहले बताएका छन् । पार्टीभित्रको विवाद मिलाउनका लागि दवाव सिर्जना आवश्यक रहेको उनले बताए ।

Published : Saturday, 2020 August 8, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया