जलजला र महाशिलामा नेकपाका नेता तथा कार्यकर्ताले कांग्रेसको चारतारे झण्डा उचाले

कुश्मा । पर्वत जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर दर्जनौँ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूले कांग्रेसको चारतारे झण्डा बोकेर देश र जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।

संगठन बिस्तारका क्रममा भएका कार्यक्रमहरूमा नेकपाका कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् । कम्युनिस्टहरूको झुठको पछाडि नलाग्ने भनेर उनीहरू कांग्रेस प्रवेश गरेका छन् ।

महाशिला–४ का विष्णुबहादुर क्षेत्री, रामबहादुर शाही, रेशमबहादुर क्षेत्री, मिलन बम मल्ल, विजय मल्ल, मनोज शाही र सागरबहादुर क्षेत्री नेकपा परित्याग गरेर नेपाली कांंग्रेसमा प्रवेश गरेका हुन् ।

त्यसैगरी, नेपाली कांग्रेसको सिद्वान्त, राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई आत्मसाथ गरेर जलजला– ८, नाग्लिवाङमा नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् ।

जनकल्यण माविका पूर्वशिक्षक एवम् चिल्ड्रेन लाईफ बोडिङ स्कुलमा कार्यरत शिक्षक बौद्विक ब्यतित्व भूमिराम सेञ्चुरी नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Thursday, 2020 August 6, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया