पहिरोपीडितलाई कास्की कांग्रेसद्वारा नगद सहयोग हस्तान्तरण
पोखरा । नेपाली कांग्रेस कास्कीले मादी गाउँपालिका वडा नं. ५ ठूलोस्वाँरामा रहेका पहिरोपीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई नगद १० हजार हस्तान्तरण गरेका हुन् ।
विदेशमा रहेका नेपाली कांग्रेसका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की कांग्रेसलाई पठाइएको ५० हजारमध्यबाट १० हजार सो परिवारलाई हस्तान्तरण गरिएको छ ।
सहयोग हस्तान्तरण गर्न कास्की कांग्रेसका सभापति केसीसहित कोषाध्यक्ष लक्ष्मी पाण्डे, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, वडा सदस्य होमनाथ अधिकारीलगायतको टोली गएका थिए ।
साउन २५ गतेको अविरल वर्षापछि घर भत्किएको थियो । दिउँसो घरमा कोही नभएका बेला घर भत्किएका कारण मानवीय क्षति भने भएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया