दाङ कांग्रेसका नेता केसीको निधन, केन्द्रीय सदस्य गिरीद्वारा श्रद्धाञ्जलि व्यक्त
घोराही । नेपाली कांग्रेस दाङका नेता तथा तत्कालीन धर्ना गाविसका अध्यक्ष कृृष्णबहादुर केसीको निधन भएको छ ।
घोराही उपमहानगरपालिका–५ बसन्तापुर निवासी ६५ वर्षीय केसीको बिहीवार साँझ निधन भएको हो । उनको अन्तिम दाहासंस्कार गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीलगायतका दाङका नेताहरूले केसीको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
क्षेत्रीय प्रतिनिधिसमेत रहेका केसीको शुक्रबार बिहान घोराही–५ धर्नाको कनरिया घाटमा अन्तिम दाहासंस्कार गरिएको थियो । तत्कालीन धर्ना गाविसको दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएका केसीको निधनले दाङ कांग्रेसलाई क्षति भएको केन्द्रीय सदस्य गिरीले बताए ।
अन्तिम दाहासंस्कारका लागि कांग्रेसका उपसभापति कमानसिंह भारती, पूर्व सभापति वीरकेश्वरी गौतम, जिल्ला सचिव शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, भेषराज पाण्डे, जगतबहादुर खड्का, गिरीराज सुवेदी, जानकीलाल बस्नेत, भरत न्यौपाने, बद्री खड्का, कमलकिशोर घिमिरे, टेकबहादुर डाँगी, खिमबहादुर वलीलगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया