नेविसंघको म्याद थपिदा महाधिवेशनको कार्यतालिका आउनुपर्ने थियोः भण्डारी
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता मोती भण्डारीले महाधिवेशन गर्नुको साटो भ्रातृ संस्थाहरूको म्याद थप गर्ने कार्यको विरोध गरेका छन् ।
भण्डारीले प्रेस नोट जारी गरेर नेविसंघको म्याद थप गर्दा कार्यतालिकासहित आउनुपर्ने बताए । ‘नेविसंघको म्याद थप भएको छ । म्याद थप हुँदा सँगसँगै कार्यतालिका पनि आउनुपर्ने थियो’, उनले भने, ‘कार्यतालिका आएन । नेविसंघलाई चलायमान बनाउन पार्टी नेतृत्व चुप बस्नु हुँदैन ।’
नेविसंघमा पदाधिकारी र सदस्यहरू मनोनीत गर्ने भनिए पनि अहिलेसम्म कार्यसमितिले पूर्णता पाउन सकेको छैन । नेविसंघले महाधिवेशनको तयारी पनि गर्न सकेको छैन ।
यस्तो अवस्थामा नेविसंघलाई निस्तेज पारेर राख्न नहुने नेता भण्डारीले बताएका छन् । उनले कांग्रेसलाई बलियो बनाउन पनि नेविसंघको महाधिवेशन गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसले नेविसंघसहित भ्रातृ संस्थाहरूको म्याद शुक्रबारदेखि छ महिनाका लागि थप गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया