ओलीका सल्लाहकार डा.भट्टराईको दोहोरो चरित्र, नेवार हटाउने निर्णय गराउने, पछि विरोधमा उत्रिने
काठमाडौं । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले पशुपति क्षेत्र विकास कोष र स्थानीय समुदायप्रति दोहोरो चरित्र देखाएका छन् ।
प्रधानमन्त्री ओली संरक्षक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अध्यक्ष रहेको कोषले पशुपति क्षेत्रमा रहेका नेवारसहितका समुदायलाई हटाएर नयाँ गुरुयोजना लागू गर्न थालेपछि नेकपाका नेता समेत रहेका ओलीका सल्लाहकार डा.भट्टराई आफ्नै सरकारले गरेको निर्णयविरुद्ध उत्रिएका छन् ।
ओली सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराई र नेकपा निकटका सदस्य सचिवमा डा.प्रदीप ढकालले पशुपति क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायसहितलाई हटाएर नयाँ गुरुयोजना लागू गर्ने निर्णय गरेका थिए ।
ओली सरकारले पशुपति क्षेत्रबाट नेवारसहितका समुदायलाई हटाउने योजना बनाएपछि नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद दीव्यमणि राजभण्डारी, बागमती प्रदेशका सांसद नरोत्तम बैद्यलगायतले सदियौँदेखि बसोबास गर्दै आएका नेवार समुदायलाई हटाउन नपाइने भनेर आवाज उठाएका छन् । त्यसपछि बाध्य भएर नेकपा र ओलीका सल्लाहकार डा.भट्टराईलगायतका नेताहरू पनि ओली सरकारको निर्णयको विरोधमा उत्रिएका छन् ।
प्रधानमन्त्रीकै सल्लाहकार भएर डा.भट्टराईले आफ्नै सरकारले गरेको निर्णयविरुद्ध उत्रिएका हुन् ।
डा.भट्टराईले पशुपति क्षेत्रमा रहेका नेवारहरूलाई हटाउन सरकारबाट निर्णय गराउने विरोध भएपछि आफ्नै सरकारले गरेको निर्णयविरुद्ध उत्रिने दोहोरो चरित्र देखाएपछि पशुपति क्षेत्रका स्थानीयहरू दङ परेका छन् ।
नेकपाले गरेको विरोध कार्यक्रममा डा.भट्टराईले पशुपति क्षेत्रमा कोषले लागू गर्न लागेको नयाँ गुरुयोजना कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।
‘स्थानीय, प्रदेश, संघका कुनै जनप्रतिनिधि, पार्टीका नेता, स्थानीय जनतालाई थाह नदिई सुटुक्क ल्याउन खोजेको गुरुयोजना लागू हुन सक्दैन’, डा.भट्टराईले भने, ‘गुरु योजना पास हुन दिइँदैन ।’
ओली कोषको संरक्षक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई कोषको अध्यक्ष रहने व्यवस्था छ । ओली सरकारले कोषको सदस्य सचिवमा डा.प्रदीप ढकाललाई नियुक्त गरेका छन् ।
ओली सरकार र कोषले पशुपति क्षेत्रबाट सदियौँदेखि बसोबास गर्दै आएका नेवारसहितको समुदायलाई हटाउन खोजेपछि स्थानीयहरूले संयुक्त संघर्ष समिति बनाएर आन्दोलनै शुरु गरेका छन् । स्थानीयहरू आन्दोलित भएपछि सो क्षेत्रका भोट घट्ने भएपछि नेकपा काठमाडौं महानगरपालिका वडा नं. ८ ले पनि आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।
नेकपाका नेता डा.भट्टराईले पशुपति क्षेत्रको मौलिकता, जात्रा, पर्वको संरक्षण गर्नुपर्ने बताएका छन् । उनले भने, ‘पशुपतिनाथको आफ्नै मौलिकता छ, गुरुयोजनाको नाममा तिरुपति बालाजीको नक्कल गर्न खोज्नु ठीक होइन ।’
नेकपा महानगर कमिटीका अध्यक्ष निर्मल कुइँकेलले विकास कोषले स्थानीय जनतालाई हेपेको बताए । ‘पशुपतिमा लास पोलिन्छ, यहाँका जनतालाई कोषले लास जस्तै ठानेका छ’, कुइँकेलले भने, ‘देशमा गणतन्त्र आयो । कोषमा अहिले पनि निरंकुशता छ ।’
अध्यक्ष कुइँकेलले पशुपति विकास कोषले स्थापना कालदेखि नै जनविरोधि काम गरेको बताए । गुरुयोजनाका नाममा धर्म, संस्कृति लोप हुन नहुने उनले बताए ।
नेकपा नेता एवम् सांसद जीवनराम श्रेष्ठले विवादित गुरुयोजना तुरुन्त खारेज गर्न संस्कृति पर्यटनमन्त्री योगेश भट्टराईलाई अनुरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीका सल्लाहकार डा.भट्टराई, नेकपाका सांसद जीवनराम श्रेष्ठ र नेकपा महानगर कमिटीका अध्यक्ष कुइँकेललाई आफ्नै सरकारका पर्यटन मन्त्री योगेश भट्टराई अध्यक्ष रहेको कोषले काम गर्दासम्म कसरी चाल पाएनन् । पहिला निर्णय गराउने अहिले आएर विरोधमा उत्रिन नैतिकताले दिन्छ ? भनेर प्रश्न उठेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया