कांग्रेसद्वारा आफ्ना जेष्ठ सदस्यहरूलाई सम्मान, देउवाले गरे कमाल (नाम)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरिका जष्ठ सदस्यहरूको सम्मान गर्दै ४७९ जनालाई जेष्ठ राजनीतिज्ञ सभामा मनोनीत गरेका छन् ।
देउवाले बुधबार ज्येष्ठ राजनीतिज्ञ सभामा पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम सदस्य मनोनीत गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जेष्ठ राजनीतिज्ञ सभामा मनोनीत हुनेमा तारानाथ रानाभाट, दमननाथ ढुंगानासहिनका नेताहरू रहेका छन् ।
कांग्रेसले आफ्ना देशभरिका जेष्ठ सदस्यहरूको सम्मानमा यो विभाग गठन गरेको हो । कांग्रेसले पहिलाे पटक जेष्ठ सदस्यहरूलाई यसरी सम्मान गरेकाे छ ।

Published : Wednesday, 2020 July 29, 10:40 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया