काठमाडौं उपत्यकामा फैलिदै कोरोना, एकैदिन ८ जना भेटिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३० संक्रमित थपिएको जानकारी दिएका हुन् । यो तथ्याङ्क पछिल्लो २४ घण्टाको हो ।

देशभरि १८ हजार ६१३ जना कोरोना संक्रमित पुगेका छन् । उनका अनुसार २४ घन्टामा ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म १३ हजार १२८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताएका छन् ।

५ हजार ४४० जना सक्रिय संक्रमित उपचारमा रहेका छन् । क्वारेन्टाइनमा १७ हजार ९०३ रहेका छन् ।

गएको २४ घन्टामा ३ हजार ३०० जनाको स्वाब परीक्षण गरिएको थियो ।

आइतबार दैलेखमा २५, काठमाडौं ८, झापा १, मोरङ ३, इलाम ८, सिरहा १, सुनसरी २, उदयपुर १, तेह्रथुम १, मोरङ २३, धनकुटा १, महोत्तरी २, पर्सा ४, दाङ १, नुवाकोटमा १ जनामा कोरोना देखिएको छ ।

सोलुखुम्बु २, नवलपरासी पूर्व २, मकवानपुर १, रौतहट १, बारा १, कास्की ३, गोरखा २, रुपन्देही १, अर्घाखाँची १, बाँके २, बर्दिया ६, जुम्ला १, रोल्पा ३, सुर्खेत ३, अछाम १४, बाजुरा ३ र कञ्चपुर ३ मा कोरोना देखिएको छ ।

Published : Sunday, 2020 July 26, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया