कम्युनिस्ट किल्ला कालीकोटमा कांग्रेसले दियो धक्का

मान्मा । कालीकोट जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आधा दर्जन नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मान्मास्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा शुभकालीका गाउँपालिका र माहाबइ गाउँपालिकाका नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूलाई पार्टी सभापति हर्षबहादुर बमले सदस्यता प्रदान गरेर कांग्रेसमा भित्र्याएका छन् ।

शुभकालीका गाउँपालिकाका नेकपाका नेता कमल शाही र महाबइ गाउँपािलकाका मनराज शाहीको नेतृत्वमा नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

कालीकोट जिल्लामा नेकपाले जितेको छ । नेकपाको दब्दवा रहेका बेला अलोप्रिय बन्दै गएको कम्युनिस्ट सरकारका कारण उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई योग्यता र क्षमताका आधारमा कांग्रेसमा स्थान दिइने सभापति बमले बताए ।

कालीकोट कांग्रेसका केही नेताहरू काठमाडौंमा गुँड लगाएर बसेका बेला सभापति बमसहितका कांग्रेस नेताहरूले नेकपाका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

Published : Saturday, 2020 July 25, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया