वीरगञ्जमा १७ वर्षीया युवतीको कोरोनाबाट मृत्यु

काठमाडौं । वीरगञ्जमा रहेको गण्डक कोरोना अस्पतालमा एक जना युवतीको कोरोनाबाट मृत्यु भएको छ ।

बारा जिल्ला परवानीपुर गाउँपालिका १७ वर्षीया युवतीको शुक्रबार कोभिड अस्पतालमा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा.गौतमले ती युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

ती युवती बुधबार हेल्थ केयरमा उपचारका लागि गएकी थिइन् । उनलाई बिहीबार कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उनलाई शरीरमा अक्सिजनको मात्रा कम हुनेदेखि पखाला लाग्ने, जिउ काम्ने जस्ता लक्षण देखिएको डा.गौतमले बताए ।

बाराकी युवतीको वीरगञ्जमा मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

Published : Saturday, 2020 July 25, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया