चीनसँग सीमा विवाद भएका बेला भारतद्वारा आणविक केन्द्र सञ्चालन, बेइजिङलाई तनाब

नयाँदिल्ली । चीनमा लद्धाखमा सीमा विवाद भइरहेका बेला भारतले आणविक केन्द्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काक्रापार आणविक शक्ति केन्द्र सञ्चालन भएकोमा वैज्ञानिकहरूलाई बधाई शुभकामना दिएका छन् ।

चीनसँग विवाद र तनाब भइरहेका बेला भारतले काक्रापार आणविक केन्द्र पूर्णरुपमा सञ्चालनमा ल्याएको छ ।

‘काक्रापार आणविक केन्द्र ३ को गम्भीर समस्या हल गर्न सफल भएकोमा हाम्रा वैज्ञानिकहरूलाई बधाइ छ’, मोदीले भनेका छन्’ ‘यो भारतलाई चम्काउने उदाहरीणय केन्द्र हो ।’

काक्रापार आणविक केन्द्र ३ र ४ भारतको ठूलो प्रेसराइज्ड वाटर रिएक्टर आणविक केन्द्र मानिन्छ ।

गुजरातमा रहेको यो केन्द्रको कार्य सन् २०१० देखि थालिएको थियो । सन् २०१८ को सेप्टरदेखि वैज्ञानिकहरूले यसको क्रिटिकलीटीमा काम गरिरहेका थिए ।

अहिले त्यो प्रकृया सफलताका साथ सम्पन्न भएको छ । आणविक केन्द्रमा न्युक्लियर रिएक्सन राम्रोसँग काम गरिरहेको अवस्थालाई फिजिसिस्टहरूले क्रिटिकलीटीको अवस्था भन्ने गर्छन् ।

Published : Wednesday, 2020 July 22, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया