ललितपुर कांग्रेसले सदस्यता नवीकरण र नयाँ वितरण गर्ने, यसरी बन्दै छ रणनीति
लगनखेल । नेपाली कांग्रेस ललितपुरले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको लागि गृहकार्य शुरु गरेको छ ।
ललितपुरस्थित पार्टी कार्यालयमा आइतबार बसेको जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, प्रतिनिधि सभाका सांसद, उम्मेदवार, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख र उपप्रमुख, क्षेत्रीय सभापति, प्रदेशका क्षेत्रीय सभापतिलगायतको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका विषयमा छलफल गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सदस्य सचिव एवम् ललितपुर कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनका अनुसार केन्द्रबाट आएको निर्देशनअनुसार क्रियाशील सदस्यता नवीकरणका विषयमा छलफल भएको जानकारी दिए ।
उनले साउन मसान्तसम्म नवीकरण र सदस्यता वितरण गर्ने गरेर काम अगाडि बढाउने विषयमा छलफल भएको बताए । सभापति मदनबहादुर अमात्यले सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा जानकारी दिएको महर्जनले बताए ।
कांग्रेसको नयाँ व्यवस्थाअनुसार हाल रहेको क्रियाशील सदस्यमा पचास प्रतिशत थप गर्न पाइनेछ । सोही आधारमा टेकेर नयाँ क्रियाशील सदस्यता वितरण गरिने महर्जनले बताए ।
क्रियाशील सदस्यताका विषयमा छलफल र निर्णय गर्न ललितपुर कांग्रेसको जिल्ला कार्यसमितिको बैठक सोमबार एक बजे बस्दै छ ।
यसैबीच, आइतबार बसेको ललितपुर कांग्रेसको बैठकले जिल्ला कार्यसमितिका पूर्व सह–सचिव दिलिप कर्माचार्यको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।
कर्माचार्यको निधनले पार्टीलाई ठूलो क्षति भएको ललितपुर कांग्रेसका सभापति अमात्यले बैठकमा धारणा राखेको महर्जनले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया