वाराणसीमा मुण्डन गरिएका व्यक्ति भारतीय नै भएको खुसाला, एक हजारको भाडाका टट्टु

काठमाडौं । उत्तर प्रदेशको वाराणसीमा नेपाली नागरिकको जबरजस्ती मुण्डन गरेको घटनाले शनिबार नयाँ मोड लिएको छ ।

वाराणसीका एसएसपी अमित पाठकले भिडियोमा देखिएका नेपाली युवक नभएर बिशुद्ध भारतीय भएको बताएका छन् । अनुसन्धानका क्रममा ती व्यक्ति नेपाली नभएर भारतीय भएको एसएसपी पाठकले बताएका हुन् ।

मुण्डन गरिएका युवकलाई पनि हिरासतमा लिएर सोधपुछ गर्दा ती युवक भारतीय भएको बयान दिएको पाठकले बताएका छन् ।

मुण्डन गरिएका भनिएका कथित नेपाली युवकले प्रहरीसँगको बयानमा धर्मेंद्र सिंह भएको बताएका छन् । मुण्डन गरिएका धर्मेंन्द्र सिंहले स्थानीय साडीको दोकानमा काम गर्छन् ।

एसएसपी पाठकले लकडाउनका कारण आर्थिक समस्या भएपछि एक हजार भारतीय रुपियाँका लागि नेपाल बनेर मुण्डन गरेको बयान दिएको बताए ।

मुण्डन गरिएका भारतीय युवकको बयानपछि यूपी प्रहरीले विश्व हिन्दू सेनाका संस्थापक एवम् मुख्य आरोपी अरुण पाठकको खोजतलास शुरु गरेको छ ।

घटनाका विषयमा सबै कुरा बाहिर आएपछि विश्व हिन्दू सेनाका संस्थापक अरुण पाठकसहित उनका साथीहरूविरुद्ध मुद्धा दर्ता गरेर यूपी प्रहरीले पक्राउका लागि खोजतलास शुरु गरेको जनाएको छ ।

यूपीका डीजीपी एचसी अवस्थीले वाराणसीका सिनियर अफसरलाई सो घटनाको जाँच गर्न आदेश दिएका थिए ।

मुण्डनको घटनामा यूपी प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सन्तोष पाण्डेय, राजु यादव, अमित दुबे र आशीष मिश्रा रहेका छन् । मुख्य आरोपी अरुण पाठक अहिलेसम्म प्रहरीसँग भोगेर हिँडेका छन् ।

वाराणसी पुलिसका अनुसार नेपाली व्यक्तिको टाउको मुण्डन र आपत्तिजनक नाराबाजीको भिडियो बनाएर फेसबुकमा अपलोड गरेको विषयमा भेलूपुर थानेमा एफआईआर दर्ता गरिएको छ ।

Published : Saturday, 2020 July 18, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया